गुल्मी महोत्सवमा दिनेशका तस्बिर

बैंकिङ क्षेत्रमा कार्यरत रहे पनि आफ्नो रुचि र गुल्मीलाई चिनाउने सोचका साथ फोटो खिच्न लागेको र प्रदर्शनी गरेको गरिमा विकास बैंक तम्घास शाखामा कार्यरत दिनेश बस्नेतको भनाइ ।

वैशाख १३, २०८३

सन्तोष महतारा

Dinesh's photos at the Gulmi Festival

What you should know

गुल्मी — व्यक्तिगत पहलमा गुल्मीको पर्यटन क्षेत्रलाई टेवा पुर्‍याउने उद्देश्यले फोटो प्रदर्शनी भइरहेको छ । गुल्मी महोत्सव भइरहेको खुला स्थानमा धार्मिक, अर्गानिक गाउँले परिवेश, परम्परागत महत्त्व झल्काउने र पर्यटकीय क्षेत्रहरूको फोटो प्रदर्शनमा राखिएको हो ।

गुल्मीदरबार गाउँपालिका-७, चारपाला ठूलोपोखराका दिनेश बस्नेतले आफैंले खिचेका फोटो प्रदर्शनीमा राखेका हुन् । बैंकिङ क्षेत्रमा कार्यरत रहे पनि आफ्नो रुचि र गुल्मीलाई चिनाउने सोचका साथ फोटो खिच्न लागेको र प्रदर्शनी गरेको उनले बताए । १५ वर्षदेखि फोटो क्षेत्रमा लागेका उनले तीन वर्षदेखि अझ बढी समय दिएर फोटो खिचिरहेका छन् । काजी फोटोबाट चर्चा कमाएका बस्नेतले गुल्मीलाई विभिन्न फोटोमार्फत परिचित गराउँदै आएका छन् ।

हाल गरिमा विकास बैंक तम्घास शाखामा कार्यरत बस्नेत रहरका कारणले तीन लाख रुपैयाँभन्दा बढी लगानी क्यामेरामा गरेर फोटो कैद गर्छन् । उनले प्रदर्शनीमा राखेका फोटोहरूमा खेतीकिसानी गरिरहेको, धार्मिक स्थल रेसुंगा क्षेत्र, गुल्मीबाट देखिने हिमाल, चरा, चारपाला दरबार, ऐतिहासिक र पुराना सडक, गाउँले परिवेशका तस्बिर र मन्दिरलगायत गुल्मीलाई चिनाउने ऐतिहासिक तस्बिर समावेश छन् । साथै उनले सदरमुकाम तम्घास बजार, बादलले ढाकेको गाउँ, रेसुंगा एयरपोर्टमा उडिरहेको जहाज, अर्गानिक तस्बिरहरू फोटोमा रुचि र गुल्मीलाई चिनाउने सोचले यस क्षेत्रमा लागेको उनले बताए । 'गुल्मीलाई पर्यटनमार्फत चिनाउने नै मेरो सोच हो,' उनले भने, 'सानैदेखि रुचि पनि थियो, जागिरसँगै यस क्षेत्रलाई पनि समय दिएर फोटो कैद गरिरहेको छु ।'

उनले ४० हजार रुपैयाँ व्यक्तिगत खर्च गरेर महोत्सवमा फोटो प्रदर्शनीमा राखेका छन् । गुल्मीमा पर्यटक भित्र्याउन फोटो क्षेत्रमा लागेको र फोटो मार्फत पर्यटकले केही दिन बस्ने सोच बनाउने उनको अपेक्षा छ ।

महोत्सवमा आएकाहरूले  चाखलाग्दो तरिकाले हेरिरहेको, गुल्मीको मूल घर चारपाला दरबारलाई पुराना पुस्ताले हेरेर खुसी भएको र फोटो प्रदर्शनीलाई महोत्सवको आकर्षक पक्ष बनेको प्रतिक्रियापछि प्रदर्शनकर्ता बस्नेत खुसी छन् 

फोटो प्रदर्शनीमा प्रोत्साहन गर्नका लागि बर्दघाटका वाइल्डलाइभ फोटोग्राफर राज अधिकारी, उदयपुरका जीवन पंजियार थारु र बाग्लुङका सन्दीप शर्माले सहयोग गरेको बस्नेतले बताए ।

सन्तोष

Link copied successfully