प्रहरीले बिहीबार दिउँसो र राति गरेको स्वीप अप्रेशनमा उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।
बर्दिया — भारतीय सीमा नाका हुँदै आउँदै गरेका बर्दियाको बढैयाताल गाउँपालिका, गुलरिया, बाँसगढी नगरपालिका लगायत विभिन्न ठाउॅबाट १३ जना लागुऔषधका कारोबारी र सेवनकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले बिहीबार दिउँसो र राति गरेको स्वीप अप्रेशनमा उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी डिएसपी प्रमेश विष्टले पक्राउ परेकामध्ये दुई जनाबाट २ हजार ४ सय ८० मिहीग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित पक्राउ गरेको बताए ।
‘११ जनालाई अनुसन्धानको क्रममा नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘लागुऔषधको हव बन्दै गएको बर्दियामा प्रहरीले स्वीप अप्रेशन सुरु गरेका हौं । भारतीय सीमा बजार बलैगाउँ र लौकाही लागु औषधको कारोबार हुने नाका मानिन्छ ।’
