आगलागीपीडित १२ परिवारलाई खाद्यान्न र नगद राहत वितरण 

मंगलबार दिउँसो गोविन्द चमारको घरमा आगलागी हुँदा छिमेकी ११ जनाको घर जलेर नष्ट भएको थियो ।

वैशाख ८, २०८३

नवीन पौडेल

Food and cash relief distributed to 12 fire-affected families

परासी — पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-५ भैरमपुरमा मंगलबार भएको आगलागी पीडित लाई राहत वितरण प्रदान गरिएको छ । 

मंगलबार दिउँसो गोविन्द चमारको घरमा आगलागी हुँदा छिमेकी ११ जनाको घर जलेर नष्ट भएको थियो । 

पीडितलाई तत्कालका लागि ६ हजार ५ सय रुपैयाँबराबरको खाद्यान्न , त्रिपाल र नगद १५ हजार प्रदान गरिएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए । 

आगलागीबाट घर जलेर नष्ट भएका पीडितलाई प्रदान गर्ने राहतका लागि बुधबार गाउँपालिकाको विपद व्यवस्थापन समिति बैठक बसेर सिफारिस गर्ने र सहयोगी संघ संस्थासँग राहत सहयोगका लागि समन्वय गरिने पालिकाले जनाएको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully