नवलपरासी साइकल राइडर्स क्लबको आयोजनामा विश्व सम्पदा दिवसको अवसरमा ७० किलोमिटर लामो साइकल यात्रा गरिएको हो ।
परासी — पर्यटन र ऐतिहासिक क्षेत्र प्रवर्द्धनका लागि पश्चिम नवलपरासीमा ‘नवलपरासी सम्पदा साइकल यात्रा–२०८३’ सम्पन्न भएको छ ।
नवलपरासी साइकल राइडर्स क्लबको आयोजनामा विश्व सम्पदा दिवसको अवसरमा ७० किलोमिटर लामो साइकल यात्रा गरिएको हो । नवलपुर , रुपन्देहीलगायतका सात जिल्लाबाट एक सयभन्दा बढी साइकल यात्रीहरूको सहभागिता थियो ।
सुनवलबाट सुरु भएको यात्रा रामग्राम स्तूप, बर्दघाटको बुद्धमंगल ताल, कञ्चनगढी, व0नदेवी मन्दिर, बर्दघाट बजार, भूमही, बाबा बर्दगोरिया, कीर्तिपुर क्षेत्र पार गरी सुनवलमा सम्पन्न भएको थियो ।
साइकलयात्रीहरुलाई स्वागत गर्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले साइकल यात्राले जिल्लाभित्रका महत्त्वपूर्ण सम्पदाको प्रचारप्रसारमा टेवा पुर्याउने बताए ।
क्लबका सचिव वासुदेव पौडेलले जिल्लामा रहेका सम्पदाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले साइकल यात्रा गरेको बताए ।
