दुर्घटना न्यूनीकरणका लागि सडकमै चालकको आँखा परीक्षण

सडकमा गाडी रोकेर १ सय १ जना सवारी चालक तथा सहचालकको आँखा परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

चैत्र २६, २०८२

सन्तोष महतारा

Driver's eye test on the road to reduce accidents

गुल्मी — जिल्लामा दुर्घटना न्यूनीकरणका लागि सडकमै चालकको आँखा परीक्षण गर्न सुरु गरिएको छ । पश्चिम भेगबाट सदरमुकाम तम्घास आउने सवारी चालकको बिहीबार आँखा परीक्षण गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको समन्वयमा आयोजना गरिएको आँखा परीक्षण कार्यक्रममा नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मीले सहजीकरण गरेको थियो । जसमा १ सय १ जना सवारी चालक तथा सहचालकको आँखा परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

'चालकको आँखामा समस्या हुँदा दुर्घटना बढ्ने जोखिम हुन्छ,' उनले भने, 'दुर्घटना न्यूनीकरणका लागि आँखा परीक्षण गरिएको हो ।' आँखा परीक्षणका लागि आँखा उपचार केन्द्रबाट टोली खटिएको थियो ।

पश्चिम क्षेत्रबाट सदरमुकाम तम्घास प्रवेश गर्ने सवारीसाधनलाई तम्घास प्रवेशद्वार उदिनढुंगा बेरियल क्षेत्रमा रोकेर चालकको आँखा परीक्षण गरिएको थियो ।

सन्तोष

Link copied successfully