रुमिन्देही माई मेलाको रौनक

स्थानीय कला, संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यले लुम्बिनी सांस्कृतिक नगरपालिकाको सहयोगमा मेला आयोजना भएको हो ।

चैत्र २२, २०८२

मनोज पौडेल

The splendor of the Rumindehi Mai Mela

लुम्बिनी — चैते पूर्णिमाको उपलक्ष्यमा बुद्ध जन्मस्थल लुम्बिनीमा लागेको पाँचदिने रुमिन्देही माई मेला आइतबार सकिएको छ । स्थानीय कला, संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यले लुम्बिनी सांस्कृतिक नगरपालिकाको सहयोगमा बुधबारदेखि मेला आयोजना गरिएको थियो । मेलामा पूजाआजा र मुण्डन गर्न श्रद्धालुहरू आउने गदर्छन् । 

दर्शनार्थीहरू पारिवारिक सुख शान्ति, धनदौलत प्राप्ति र मनोकांक्षा पूरा होस् भनेर रुमिन्देई माईको दर्शन गर्न आउने गरेको विश्व हिन्दु महसंघका केन्द्रीय सदस्य ओमकार पाण्डेले बताए । 'मायादेवी मन्दिरलाई ४०/५० वर्षअघि रुमिन्देई माई भनिन्थ्यो,' उनले भने, 'यहाँ गरेको भाकल पूरा हुने जनविश्वास रहेकाले पूजाआजा गरी मन्दिर दर्शन गर्नेको उत्तिकै घुइँचो हुन्छ । त्यही भएर अहिले पनि यहाँ रुमिन्देई माईकै नाममा चैते पूर्णिमा मेला लाग्ने गरेको छ ।' 

The splendor of the Rumindehi Mai Mela

मेलामा बालबलिकाको पहिलो पटक मुण्डन गर्ने प्रचलन रहेको छ ।‘बुद्धले मानव जातिलाई प्रदान गर्नु भएको सर्वोच्च आशा र आनन्दको उद्गमभूमि लुम्बिनी हो,’ स्थानीय पण्डित वीरेन्द्र मिश्राले भने, ‘त्यही भएर श्रद्धालु बालबालिकाको पहिलो पटकको कपाल काटन् यहाँ आउने गर्छन् ।’ 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully