पडरियाग्रामबासीको आयोजनामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सीके गुप्ता र लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले हवनसँगै शान्ति पाठ गरेका थिए ।
लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनी स्थित राजकीय विहार नजिक परम्परागत हवन (होम)सँगै शान्ति पाठ गरिएकोछ । चैते पूर्णिमाका उपलक्ष्यमा लुम्बिनीस्थित मायादेवी मन्दिरको नजिकै दक्षिण-पूर्वमा आयोजना हुने पाँच दिने रुमिन्देही माई मेलाको पूर्वसन्ध्यामा हवन गरिएको हो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका-३, पडरियाग्रामबासीको आयोजनामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सीके गुप्ता र लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले हवनसँगै शान्ति पाठ गरेका थिए ।
बुधबारदेखि सुरु हुन गइरहेको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वको रुमिन्देही माई मेलालाई गरिमामय बनाउन हवन कार्यक्रम गरिएको विश्व हिन्दु महसंघ केन्द्रीय सदस्य ओमकार पाण्डेले बताए ।
