सिंहले अध्यक्ष पदका प्रतिस्पर्धी शैलेन्द्र भट्टराईलाई ६८ मतले पराजित गरेका हुन् ।
पाल्पा — पाल्पा उद्योग वाणिज्य संघको १७ औं अधिवेशनबाट समीरमान सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सिंहले अध्यक्ष पदका प्रतिस्पर्धी शैलेन्द्र भट्टराईलाई ६८ मतले पराजित गरेका हुन् । सिंहले ५७९ मत पाउँदा प्रतिस्पर्धी भट्टराईले ५११ मत पाए ।
१ हजार २९५ मतदाता रहेकामा अध्यक्षका लागि १ हजार ११२ मत खसेको थियो । २१ मत बदर भएको छ ।
संघको २५ सदस्यीय समितिका लागि ३६ जनाले उम्मेदवारी दिएका थिए । वाणिज्य उपाध्यक्षमा रञ्जना थापा अर्याल ५ सय ३१ मत ल्याएर विजयी भइन् । प्रतिस्पर्धी सुरेन्द्र कर्माचार्यले ३ सय ३६ मत पाए ।
उद्योग उपाध्यक्षमा मुक्तिराम जीसी निर्बिरोध भए । क्षेत्रगत कतिपय सदस्य निर्विरोध भए । क्षेत्र ३ मा विनोद नेपाल र विश्व केसी, क्षेत्र ४ मा नारायण न्यौपाने र नारायणबहादुर पछाई, क्षेत्र ७ मा मोहन बहादुर कुँवर र सविन मल्ल निर्वाचित भए । क्षेत्र १० मा विदुर घिमिरे र सुरेश गोदार, क्षेत्र ११ मा जीवन पाण्डे र कमल पाण्डेय विजयी भए । जीवन पाण्डे र सन्तोष श्रेष्ठको मत बराबर भएपछि गोलाप्रथाबाट जीवन चयन भए ।
क्षेत्र २ बाट सञ्जयकुमार श्रेष्ठ र विष्णुबहादुर पछाई, क्षेत्र ५ बाट विनायक महर्जन र किशोरदर्शन बज्राचार्य, क्षेत्र ६ बाट लक्ष्मणप्रसाद रेग्मी र अमन श्रेष्ठ, क्षेत्र ८ बाट रमेशराज बज्राचार्य, क्षेत्र ९ बाट निराकार श्रेष्ठ, क्षेत्र १२ बाट दिपक घिमिरे र गंगाराम नेपाल, क्षेत्र १३ बाट समत मियाँ र एसोसियट सदस्यमा दामोदर गैरे निर्विरोध भए ।
