बैजनाथका बडघर र चौकीदारलाई साइकल वितरण

गाउँपालिकाले वार्षिक बजेटमार्फत थारु समुदायका ३६ जना बडघर र चौकीदारलाई साइकल वितरण गरेको हो ।

चैत्र १२, २०८२

रुपा गहतराज

Bicycle distribution to the caretaker and watchman of Baijnath

नेपालगन्ज — बाँकेको बैजनाथ गाउँपालिकाले थारु समुदायका बडघर र चौकीदारलाई साइकल वितरण गरेको छ ।

गाउँपालिकाले वार्षिक बजेटमार्फत थारु समुदायका ३६ जना बडघर र चौकीदारलाई साइकल वितरण गरेको हो ।

वडा १ देखि ८ सम्म गठित ३६ वटा टोलमा थारु समुदायका बडघर र चौकीदारलाई ३६ वटा साइकल वितरण गरिएको हो । गाउँपालिकाका प्रशासन शाखा प्रमुख तप्तराज आचार्यले चार लाख रुपैयाँ खर्चेर उनीहरुलाई साइकल वितरण गरिएको बताए । 

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार बड्घर र चौकीदारलाई हिँडडुल गर्न सहजताका लागि साइकल वितरण गरिएको हो । बडघर र चौकीदारले थारु समुदायमा भएका विवाद समाधान गर्न पैरवी गर्ने परम्परा छ ।

थारु समुदाय मिलेर हरेक वर्षको माघीमा बडघर र चौकीदार छनोट गर्ने प्रचलन छ । गाउँपालिकाले साइकल वितरण गरेपछि आफुहरुलाई धेरै राहत मिलेको बैजनाथका बडघरहरुले बताएका छन् । 

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully