जुठापौवाका ६ घरका बिजुली सर्ट हुनुका साथै बिजुली पोलमा क्षति पुगेको छ ।
पाल्पा — पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६, जुठापौवामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । यस्तै गाउँका ६ घरमा क्षति पुगेको छ ।
हावाहुरीसहितको चट्याङ लागेर १३ वर्षीया शर्मिला विक र ३३ वर्षीया धनी लाङ्टागे मगर घाइते भएको जुठापौवाका वडासदस्य ओकबहादुर रास्कोटीले जानकारी दिए ।
शर्मिला बेहोस भएको र तत्कालै उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा ल्याइएको छ । गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईले बुधबार मिसन अस्पताल पुगेर विकको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।
अर्की घाइते धनीको छहराको मेहलढापस्थित स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएकी छन् । उनको अवस्था सामान्य छ । जुठापौवाका ६ घरका बिजुली सर्ट हुनुका साथै बिजुली पोलमा क्षति पुगेको छ । अत्यधिक हावाहुरीसहित चट्याङ परेको वडासदस्य रास्कोटीले बताए ।
