बर्दिया निकुञ्जमा बेपत्ता एकको शव भेटियो

शव नजिकै एक थान बन्दुक फेला परेको निकुञ्जले जानकारी दिएको छ ।

चैत्र ९, २०८२

कमल पन्थी

Body of missing person found in Bardiya National Park

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जमा फागुन २३ गते सिकार खेल्न पसेर सम्पर्कविहीन भएका मध्ये एक जनाको शव फेला परेको छ ।

निकुञ्जको बबई उपत्यका रातामाटे क्षेत्रमा सुर्खेत बराहताल गाउँपालिका–२ का ३३ वर्षीय टोपबहादुर खत्रीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका एसपी सुधीरराज शाहीले बताए ।

उनीसँग गएका ५ जना भने बर्दियाको बाटो हुँदै भारततर्फ फरार भएको शाहीको भनाइ छ ।

निकुञ्ज सुरक्षार्थ रहेका नेपाली सेना, नेपाल प्रहरी र निकुञ्जका कर्मचारीसहितको टोलीले दुई सातादेखि खोजतलास गरेका थिए । निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले खत्रीको शव नजिकै एक थान बन्दुक फेला परेको जानकारी आएको बताए । 'दुर्गम र फोन नलाग्ने ठाउँ भएकाले थप विवरण आउन बाँकी छ,' उनले भने ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully