तिनाउ खोलामा डुबेर एक युवकको मृत्यु, बेपत्ताको खोजीकार्य जारी       

आइतबार दिउँसो करिब २ बजेतिर भारतबाट घुम्न आएका ७ जना युवामध्ये नुहाउने क्रममा २ जना युवा तिनाउ खोलामा बेपत्ता भएका थिए ।

चैत्र ९, २०८२

माधव अर्याल

A young man drowned in the Tinau River, search for the missing person continues

पाल्पा — पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउ खोलामा डुबेर एक भारतीय युवकको मृत्यु भएको छ भने अर्का एक अझै बेपत्ता रहेका छन् ।

आइतबार दिउँसो करिब २ बजेतिर भारतबाट घुम्न आएका ७ जना युवामध्ये नुहाउने क्रममा २ जना युवा तिनाउ खोलामा बेपत्ता भएका थिए । बेपत्ता हुनेहरूमा भारत उत्तर प्रदेशस्थित सन्तकबिर नगरका १७ वर्षीय फहरान अन्सारी र अमान अन्सारी रहेका थिए ।

प्रहरीका अनुसार चैत ९ गते बिहान करिब १० बजे डुबेको स्थानभन्दा करिब एक सय मिटर तल फहरान अन्सारीको शव फेला परेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए । अर्का बेपत्ता युवक अमान अन्सारीको खोजी कार्य जारी रहेको  उनले बताए ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully