स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र दोभान प्रहरी चौकीको टोली खोजी कार्यमा जुट्यो
पाल्पा — तिनाउ खोलामा डुबेर दुई भारतीय पर्यटक बेपत्ता भएका छन् । तिनाउ गाउँपालिका-३, दोभान ड्यामसाइडस्थित हेडबक्सनजिक दुई भारतीय पुरुष पर्यटक अपराह्न डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले बताए ।
डुबेर बेपत्ता भएको थाहा पाएपछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र दोभान प्रहरी चौकीको टोली खोजी कार्यमा जुटेको छ । ५ जनासँगै आएकामध्ये दुई जना डुबेर बेपत्ता भएका हुन् । प्रहरी उपरीक्षक दीपेन्द्र पञ्जियार थारू, सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम घिमिरेलगायतको टोलीसमेत भारतीय पर्यटक डुबेको स्थानमा पुगेर अवस्थाबारे जानकारी लिएका छन् ।
बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले बताए । डुबेर बेपत्ता भएको थाहा पाएपछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र दोभान प्रहरी चौकीको टोली खोजी कार्यमा जुटेको छ । ५ जना संगै आएकामध्ये दुई जना डुबेर बेपत्ता भएका हुन् ।
