रेसुंगा गौशाला क्षेत्र नजिकै ७५ वर्षीय वृद्ध मृत फेला

रेसुंगा नगरपालिका-३ का ७५ वर्षीय ज्ञानेश्वर पाण्डे गौशाला जाने सडक नजिकै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

चैत्र ७, २०८२

सन्तोष महतारा

75-year-old man found dead near Resunga Gaushala area

गुल्मी — यहाँ ७५ वर्षीय एक पुरुष मृत फेला परेका छन् । रेसुंगा गौशाला क्षेत्रनजिकै गर्जुरादेखि गौशाला जाने सडकमा लडेको अवस्थामा मृत फेला परेका हुन् ।

जिल्लाको रेसुंगा नगरपालिका-३ का ७५ वर्षीय ज्ञानेश्वर पाण्डे गौशाला जाने सडक नजिकै मृत फेला परेको जिल्ला प्रहरी  कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । उनी शनिबार दिउँसो २ बजे मृत फेला परेका हुन् ।

उनको परिवारमा श्रीमती र छोरा तम्घास चिदिचौर नजिकै आश्रय लिएर बसेका थिए । पछि उनीहरू गौशाला क्षेत्रमा बसोबास गर्दै आएका थिए । मृतक पाण्डे भने छोराछोरीसँग पालैपालो बस्दै आएका थिए  ।

शनिबार श्रीमती र छोरा भएको गौशाला जाने क्रममा उनको लडेर मृत्यु भएको हो । उनी १०/१५ मिटर तल लड्न गई घटनास्थलमै मृत्यु भएको खबर प्रहरीसँग आएको थियो । त्यसपछि घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा प्रहरी टोली खटिएको छ । शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइँदैछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सन्तोष

Link copied successfully