निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले तीन जना घाइतेको शिवराज अस्पताल बहादुरगन्जमा उपचार भइरहेको बताए । उनका अनुसार घाइतेको विवरण संकलन गर्ने काम भइरहेको छ ।
कपिलवस्तु — महाराजगन्ज नगरपालिकामा निषेधाज्ञाका बीच प्रहरीको गोली लागेर ५ जना प्रदर्शनकारी र २ प्रहरी घाइते भएका छन् ।
दुई समुदायबीच विवाद भएको ठाउँ बर्गदागाउँभन्दा पश्चिम महाराजगन्ज नगरपालिका-६, जिगना चौराहामा विरोध गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले तीन जना घाइतेको शिवराज अस्पताल बहादुरगन्जमा उपचार भइरहेको बताए । उनका अनुसार घाइतेको विवरण संकलन गर्ने काम भइरहेको छ ।
शनिबार मुस्लिम समुदायको ईदमा मस्जिदमा नमाज पढ्ने क्रममा विवाद हुँदा उग्रररूप लिएपछि ढुंगा हानाहान भएको थियो । घटनापछि निमित्त प्रजिअ घिमिरेले सूचना जारी गर्दै दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म महराजगन्ज नगरपालिकाको पूर्व बर्गदी पुल, पश्चिम बहादुरगन्ज चोक, उत्तर महाराजगन्ज बजार र दक्षिण हर्दौनासम्म भेला, सभा, जुलुस र प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेका छन् । स्थानीय प्रशासन २०२८ को दफा ६ को ३ क बमोजिम निषेज्ञाषा जारी गरिएको हो ।
