गुल्मीमा एक महिला मृत फेला

ठक्कर दिएको आशंकामा ट्याक्टर नियन्त्रणमा

चैत्र ६, २०८२

सन्तोष महतारा

A woman was found dead in Gulmi.

गुल्मी — गुल्मीमा एक महिला मृत फेला परेकी छिन् । जिल्लाकाे मालिका गाउँपालिका-५ छापाहिले राङ्लास्थित राङ्लाबाट पैंयाखर्क जाने भित्री कच्ची सडक खण्डमा वडा नम्बर ७ बस्ने ४४ वर्षीया विमला सुनार मृत फेला परेकी थिइन् । 

मापसे गरेकै कारण लडेर घाइते भएको अनुमानमा घटनास्थलबाट निजको श्रीमान् र स्थानीयले अन्दाजी ५० मिटर तल ग्राउन्डमा राखेको अवस्थामा सोही ठाँउमा मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी चाैकी इस्माबाट दुई जनाको प्रहरी टाेली खटिएको थियो । त्यसपछि घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुदिप नेपालीको नेतृत्वमा प्रहरी टाेली खटिएकाे थियो ।

पोष्टमार्टमको लागि शव गुल्मी अस्पताल ल्याइएको छ । थप अनुसन्धान गर्दै क्रममा ट्याक्टरकाे ठक्करबाट मृत्युु भएको आशंकामा शंकास्पद लु ४ त ७५५५ नम्बरको ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यससम्बन्धी थप विवरण खुल्न बाँकी छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारूले जानकारी दिए । 

सन्तोष

Link copied successfully