तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा ६ प ६३३१ नम्बरको स्कुटरलाई अज्ञात टिपरले ठक्कर दिंदा तुलसीपुर उपमहानगरपालिका–९ की अन्दाजी ४० वर्षीया पुष्पा कँडेलको मृत्यु भएको हो ।
दाङ — तुलसीपुरमा टिपरको ठक्करबाट बिहीबार बेलुका स्कुटर चालक महिलाको मृत्यु भएको छ ।
तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा ६ प ६३३१ नम्बरको स्कुटरलाई अज्ञात टिपरले ठक्कर दिंदा तुलसीपुर उपमहानगरपालिका–९ की अन्दाजी ४० वर्षीया पुष्पा कँडेलको मृत्यु भएको हो । घटनापछि टिपर भागेकाले नम्बर पत्ता लाग्न नसकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घटनापछि तुलसीपुर–सुर्खेत सडक अवरुद्ध छ । मृतकका आफन्तले सडकमा ढुंगा राखी आगो बालेर अवरुद्ध पारेका छन् ।
