लालीगुराँसको सुरक्षा गर्न रेसुंगाको आग्रह

पछिल्लो समय लालीगुराँसको जंगलमा रमाउँदै फूल टिप्ने र विरुवामा समेत क्षति पुर्‍याउने गुनासो बढेपछि रेसुंगा नगरपालिकाले लालीगुराँससहित सबै बोटविरुवाको सुरक्षा गर्न आग्रह गरेको हो ।

चैत्र ४, २०८२

सन्तोष महतारा

Resunga urges to protect red-bellied toads

गुल्मी — ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रेसुंगा क्षेत्रमा लालीगुराँस फुलेर राताम्ये भएका छन् । विगतका वर्षमा जस्तै यस वर्ष पनि लालीगुराँसको रौनक छाएपछि रेसुंगा घुम्नेहरू बढिरहेका छन् ।

तर, पछिल्लो समय लालीगुराँसको जंगलमा रमाउँदै फूल टिप्ने र विरुवामा समेत क्षति पुर्‍याउने गुनासो बढेपछि रेसुंगा नगरपालिकाले लालीगुराँससहित सबै बोटविरुवाको सुरक्षा गर्न आग्रह गरेको छ ।

'रेसुङ्गा क्षेत्र धार्मिक, ऐतिहासिक, पर्यटकीय महिमा रहेको तपोभूभि, देवभूमि, पुण्यभूमि, अमृतभूमिमा विभिन्न ठाउँबाट धार्मिक तथा पर्यटकीय भ्रमण गर्नुहुने महानुभावहरुले रेसुङ्गा क्षेत्रको रमणीय प्राकृतिक सुन्दरतामा खलल पुग्ने गरी लालीगुराँस लगायत अन्य विभिन्न प्रजातिका वोटविरुवाका हाँगा भाँची नोक्सान पुर्‍याएको गुनासो आएको छ,' नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले सूचना जारी गर्दै भनेका छन्, 'यसले यहाँको प्राकृतिक सुन्दरतामा ह्रास आएको छ । तसर्थ, रेसुङ्गाको महिमा र प्राकृतिक सौन्दर्यमा ह्रास तथा गिरावट आउने गरी कोही कसैबाट अपवित्र कार्य नगर्नु हुन नगरपालिका हार्दिक अनुरोध गर्दछ । यस सम्बन्धमा सबै सरोकारवालाहरूबाट सहयोगको अपेक्षा पनि गरिएको छ ।'

केही दिनअगाडि रेसुंगा क्षेत्रमा जाने पर्यटकले गुराँस टिप्ने, हाँगा भाँच्ने र बोटमै समेत क्षति पुर्‍याएपछि रेसुंगा नगरपालिकाले यसरी ध्यानाकर्षण गराएको हो ।

सन्तोष

Link copied successfully