घोराहीमा प्रहरीको अगुवाइमा बृहत् सरसफाइ

समुदाय प्रहरी साझेदारी अवधारणाअनुसार सरसफाइ कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले बताए ।

फाल्गुन २७, २०८२

दुर्गालाल केसी

Police-led massive cleanup in Ghorahi

दाङ — घोराहीमा बुधबार बृहत् सरसफाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको अगुवाइमा भएको सरसफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरीका साथै विभिन्न सामाजिक संघसंस्थाको सहभागिता थियो ।

घोराही बजारका सडक र सडकपेटी बढार्नुका साथै फोहर संकलन गरिएको थियो । सरसफाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठलगायतका जिल्लाका सरकारी तथा गैरसरकारी क्षेत्रका अगुवाहरूको सहभागिता थियो ।

समुदाय प्रहरी साझेदारी अवधारणाअनुसार सरसफाइ कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी प्रमुख एसपी श्रेष्ठले बताए । सरसफाइ अभियानमा ७ सय बढीको सहभागिता रहेको उनले जानकारी दिए । घोराही बजारका विभिन्न स्थानमा 'सुरक्षित, सफा र सुन्दर दाङ, सभ्य नागरिक हाम्रो पहिचान' भन्ने मूल नाराका साथ बृहत् सरसफाइ कार्यक्रम गरिएको उनले बताए ।

अभियानमा घोराही उपमहानगरपालिका, ज्वाला दल गण घोराही, सशस्त्र प्रहरी बल नेपाल कारागार सुरक्षा बेस घोराही, दाङ जिल्ला उद्योग वाणिज्य संघ, लायन्स क्लब अफ घोराही सिटी, रोटरी क्लब अफ दाङ, त्रिभुवन नगर जेसिज, सामुदायिक सेवा केन्द्र घोराही दाङ र लोटस ट्रेनिङ सेन्टर घोराहीको पनि सहभागिता थियो ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully