राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको उपचार सुरु

क्याथेल्याब मेसिन पनि जडान भएकाले अब मुटु रोगको उपचार प्रभावकारीरुपमा सञ्चालन गर्न सकिने डा. उप्रेतीले बताए । मुटु रोग उपचारका लागि प्रतिष्ठानले छुट्टै ओपिडि पनि सन्चालन गरिसकेको उनले जानकारी दिए ।

फाल्गुन २७, २०८२

दुर्गालाल केसी

Heart treatment begins at Rapti Institute of Health Sciences

दाङ — घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु रोगको उपचार सुरु भएको छ । फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा. दिनेश उप्रेतीले मुटु रोगको उपचार सुरु गरेका हुन् । हालसम्म जिल्लामा मुटु रोगको उपचारा हुन सकेको थिएन ।

क्याथेल्याब मेसिन पनि जडान भएकाले अब मुटु रोगको उपचार प्रभावकारीरुपमा सञ्चालन गर्न सकिने डा. उप्रेतीले बताए । मुटु रोग उपचारका लागि प्रतिष्ठानले छुट्टै ओपिडि पनि सन्चालन गरिसकेको उनले जानकारी दिए । उपचारका क्रममा रोल्पाका ५९ वर्षीय एक पुरुषको शल्यक्रिया गरी मुटु वरिपरि जमेको पानी निकालेको उनले बताए ।

डा. उप्रेतीको नेतृत्वमा डा. विवेश मण्डल, एनेस्थेसिया बिकम पोख्रेल, कार्डियो भास्कुलर टेक्नोलोजीष्ट राजनकुमार शर्मा, रेडियोग्राफर इन्दु पोख्रेल, नर्स बिनिता श्रेष्ठसहितको टोलीले तारको विधिबाट शल्यक्रिया गरेर पानी निकालेको थियो । बिरामीको अवस्था सामान्य रहेको र उनी डिस्चार्ज भइसकेको प्रतिष्ठानले जानकारी दिएको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully