बाँकेको क्षेत्र नम्बर १ र ३ बाट प्रत्यक्षतर्फ विजयी हासिल गरेको रास्वपा क्षेत्र नम्बर २ भने दोस्रो बनेको थियो । तर, समानुपातिकमा क्षेत्र नम्बर २ मा पनि पहिलो दल बनेको हो ।
नेपालगन्ज — बाँकेमा तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाले समानुपातिकतर्फ सर्वाधिक मत प्राप्त गरेको छ । बाँकेको क्षेत्र नम्बर १ र ३ बाट प्रत्यक्षतर्फ विजयी हासिल गरेको रास्वपा क्षेत्र नम्बर २ भने दोस्रो बनेको थियो । तर, समानुपातिकमा क्षेत्र नम्बर २ मा पनि पहिलो दल बनेको हो ।
क्षेत्र नम्बर १ मा जम्मा खसेको ७६,०६२ मतमा रास्वपाले ३४,३८३ मत प्राप्त गर्दा नेपाली कांग्रेसले १४,२२४ र एमालेले १०३२० मत प्राप्त गरेका छन् । यहाँ ७२,३७० मत सदर भएको थियो भने ३,६९२ मत बदर भएको थियो । यस्तै क्षेत्र नम्बर २ मा पनि रास्वपा २४,३४१ मत प्राप्त गर्दै पहिलो दल बनेको छ ।
दोस्रो स्थानमा रहेको नेकपा एमालेले २०,५५२ मत प्राप्त गर्दा कांग्रेसले १२,४८४ मत प्राप्त गरेको छ । यो क्षेत्रमा प्रत्यक्षतर्फ एमाले विजयी भएको थियो । क्षेत्र नम्बर २ मा जम्मा खसेको मत ७३,०५२ मध्ये ६८,४०४ मत सदर हुँदा ४,६४८ मत बदर भएको छ ।
यसैगरी क्षेत्र नम्बर ३ मा रास्वपाले ३१,३०६ मत प्राप्त गरेको छ । एमालेले १६,२३० र कांग्रेसले १३,२७८ मत प्राप्त गरेका छन् । यहा कुल ७४,६१६ मत खसेकोमा ७१,१८४ मत सदर हुँदा ३,४३२ मत बदर भएको छ । जिल्लामा रास्वपाले कूल ९०,०३० मत प्राप्त गरेको छ ।
तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ रहेका मतदाता रहेका छन् । यी मध्ये एक लाख ७८ हजार १३९ पुरुष, एक लाख ७२ हजार २२३ महिला र नौ जना अन्य मतदाता रहेका छन् ।
