लुम्बिनीस्थित महाबोधी सोसाइटी अफ इन्डिया शाखाद्वारा ४० हजार रुपैयाँ लागतमा पाँचवटा बेन्च निर्माण गरी लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिएको हो ।
लुम्बिनी — मायादेवी मन्दिर परिसरमा तीर्थयात्री र पर्यटकका लागि फलामे बेन्च राखिएको छ । मन्दिर घुम्न र अवलोकन गर्न आउने पर्यटक र तीर्थयात्रीलाई बस्न/आराम गर्न सहयोग पुर्याउने उद्देश्यले पााच थान बेन्च राखिएको हो।
लुम्बिनीस्थित महाबोधी सोसाइटी अफ इन्डिया शाखाद्वारा ४० हजार लागतमा निर्माण गरी ती बेन्च लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिएको महाबोधी सोसाइटी अफ इन्डियाका लुम्बिनी शाखा प्रमुख भिक्षु बी नन्द थेरोले बताए ।
