माछा मार्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु

गुल्मीको मुसिकोट नगरपालिका-१ अरेबाका २१ वर्षीय दीपजङ्ग दर्लामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

फाल्गुन २५, २०८२

सन्तोष महतारा

21-year-old man drowns while fishing

गुल्मी — माछा मार्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ । गुल्मीको मुसिकोट नगरपालिका-१ अरेबाका २१ वर्षीय दीपजङ्ग दर्लामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

दुई जना माछा मार्न गएकामा उनी बेपत्ता भएका थिए । प्रहरीमा खबर पुगेपछि प्रहरी टोली खोजी कार्यमा संलग्न भएको थियो ।

खोज्ने क्रममा बडिगाड  खोलाको कोप्चेरा रहेको पानीमा डुबिरहेको अवस्थामा युवकको शव फेला परेको थियो । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुदीप नेपालीको कमाण्डमा प्रहरी टोली खटिई गएको थियो ।

अहिले शव पोष्टमार्टमका लागि गुल्मी जिल्ला अस्पताल ल्याइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सन्तोष

Link copied successfully