पाल्पा- २ मा रास्वपाका थापा निर्वाचित           

प्रतिनिधि सभा सदस्य निर्वाचनमा पाल्पा क्षेत्र–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. माधवबहादुर थापा निर्वाचित भएका छन्।

फाल्गुन २४, २०८२

माधव अर्याल

Rashtriya Swayamsevak Sangh (RSS)'s Thapa elected in Palpa-2

पाल्पा — प्रतिनिधि सभा सदस्य  निर्वाचनमा पाल्पा क्षेत्र–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. माधवबहादुर थापा निर्वाचित भएका छन्। 

मुख्य  निर्वाचन अधिकृत कार्यालयका अनुसार, थापा २६ हजार ७३६ मत प्राप्त गरेर  निर्वाचित भएका हुन्। थापाका  निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत प्राप्त गरेका छन्। 

त्यस्तै, नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले १० हजार ५०३, नेपाली कम्युनिस्ट पार्टी  सोमप्रसाद पाण्डेयले ५ हजार २८८ र नेशनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठले ६९३ मत प्राप्त गरेका छन्।

निर्वाचित थापाले जितपछि सबै पाल्पालीको आफू सांसद् भएको र परिवर्तनको एजेन्डा स्थापित गर्न लागि पर्ने बताए । पाल्पाको रिब्दिकोट गाउँपालिका ७ पालुङ्मैनादी घर भए पनि रुपन्देही बुटवलमा बसोवास गर्दै आएका थिए । 

पाल्पा–२ मा यस अघि एमालेका ठाकुर गैरे विजयी भएका थिए।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully