लिए रुपन्देहीका ५ क्षेत्रमध्ये सबैमा पराजय भोग्नु परेको नैतिक जिम्मेवारी
बुटवल — पाँचवटै निर्वाचन क्षेत्रमा पराजय भोग्नु परेको भन्दै कांग्रेस रुपन्देहीका उपसपभापति थानेश्वर घिमिरेले पदबाट राजीनामा दिएका छन् ।
५ निर्वाचन क्षेत्रमध्ये ४ निर्वाचन क्षेत्रमा रास्वपा विजयी भइसकेको छ । निर्वाचन क्षेत्र नं. १ मा पनि रास्वपा नै विजयोन्मुख छ । सबै क्षेत्रमा सफलता प्राप्त गर्न नसकेको निर्वाचनको अवस्थालाई मध्यनजर गर्दै उक्त परिणामप्रति नैतिक जिम्मेवारी लिँदै कांग्रेसको उपसभापति पदबाट राजीनामा दिएको उनले बताएका छन् ।
पार्टी सभापतिलाई सम्बोधन गर्दै दिएको राजीनामा पत्रमा उनले आगामी दिनमा पनि पार्टीको सिद्धान्त, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहँदै पार्टीको सक्रिय सदस्यका रूपमा रहेर संगठनलाई सुदृढ बनाउन निरन्तर लागिपर्ने उल्लेख गर्दै राजीनामा स्वीकृत गरिदिन आग्रह गरेका छन् ।
