बाँके–३ मा रास्वपाका उम्मेदवार सुनारको अग्रता

३ हजार ४४५ मतगणना गर्दा निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त प्रारम्भिक विवरणअनुसार सुनारले हालसम्म १ एक हजार ६ सय ९८ मत प्राप्त गरेका छन् ।

फाल्गुन २२, २०८२

रूपा गहतराज

RSVP candidate Sunar leads in Banke-3

नेपालगञ्ज — बाँके निर्वाचन क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खगेन्द्र सुनारले अग्रता लिएका छन् ।

बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा हालसम्म जम्मा ३ हजार ४४५ मतगणना गर्दा निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त प्रारम्भिक विवरणअनुसार सुनारले हालसम्म १ एक हजार ६ सय ९८  मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सुमन मल्लले ७१५  मत पाएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुन तेस्रो स्थानमा छन् । उनले हालसम्म ५४१ मत प्राप्त गरेका छन् ।

रूपा

Link copied successfully