जिल्ला निर्वाचन कार्यालयका अनुसार बर्दिया निर्वाचन क्षेत्र नम्बर १ मा ७५ मतदान स्थल, २ अस्थायीसहित २ सय १ मतदान केन्द्र रहेका थिए । यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा ७९ मतदान स्थल र १ सय ८८ मतदान केन्द्र रहेका थिए ।
बर्दिया — फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बर्दियामा ६० दशमलव ५९ प्रतिशत मत खसेको छ ।
दुवै निर्वाचन क्षेत्रमा १ लाख ९ हजार ५ सय ७ महिला, ८६ हजार ३ सय ६१ पुरुष र अन्य २ गरी जम्मा १ लाख ९५ हजार ८ सय ७० (६०.५९ प्रतिशत) मत खसेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अनुप ढकालले बताए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार बर्दिया निर्वाचन क्षेत्र नम्बर १ मा ७५ मतदान स्थल, २ अस्थायीसहित २ सय १ मतदान केन्द्र रहेका थिए । यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा ७९ मतदान स्थल र १ सय ८८ मतदान केन्द्र रहेका थिए ।
निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ६८ हजार ३४ र निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ५५ हजार २ सय ३२ गरी जम्मा ३ लाख २३ हजार २ सय ६६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ को गुलरियास्थित जिल्ला समन्वय समितिको सभाहल र क्षेत्र नम्बर २ को राजापुर भन्सार कार्यालयमा मतगणना स्थल बनाइएको छ । मटपेटिका संकलन भइरहेको मुख्य निर्वाचन मनोज श्रेष्ठले बताए । मतपेटिका संकलनपछि सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिने उनले जनाए ।