रूपन्देहीका सबै मतपेटिका संकलन, आजै मतगणना सुरु हुने

६५ दशमलव ८६ प्रतिशत मत खस्यो, २ लाख ३२ हजार १ सय १७ महिलासहित ४ लाख ४२ हजार ९ सय ६३ जनाले गरे मतदान ।

फाल्गुन २१, २०८२

घनश्याम गौतम

All ballot boxes in Rupandehi collected, vote counting to begin today

बुटवल — रूपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रका मतपेटिका सम्बन्धित निर्वाचन क्षेत्रका कार्यालयमा पुगेका छन् ।

रूपन्देहीमा झण्डै ६६ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार पाँचवटै निर्वाचन क्षेत्रमा ६५ दशलमव ८६ प्रतिशत मतदान भएको छ । ६ लाख ७२ हजार ५ सय २३ मतदाता रहेको रूपन्देहीमा ४ लाख ४२ हजार ९ सय ६३ जनाले मतदान गरेका हुन् । 

निर्वाचन क्षेत्र नं १ मा ९७ हजार २ सय ११, क्षेत्र नं २ मा ८६ हजार ७ सय १५, क्षेत्र नं ३ मा ९७ हजार ३ सय ८७, क्षेत्र नं ४ मा ७६ हजार ८ सय १२ र क्षेत्र नं ५ मा ८४ हजार ८ सय ३८ जनाले मतदान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक जनकबहादुर शाहले बताए । उनका अनुसार रूपन्देहीमा २ लाख ३२ हजार १ सय १७ महिला र २ लाख १० हजार ८ सय ४३ जना पुरुषले मतदान गरेका छन् ।

सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भइसकेको र बिहीबार रातीदेखि नै सबै क्षेत्रका निर्वाचन कार्यालयले मतगणना सुरु गर्ने तयारी भइरहेको पनि मुख्य निर्वाचन अधिकृत बस्नेतले बताए । रूपन्देहीमा ७ सय ३६ निर्वाचन केन्द्रमार्फत मतदान भएको थियो ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully