बर्दियामा ५५ प्रतिशत मत खस्यो

बिहान ७ बजेदेखि सुरु भएको मतदान जिल्लाभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो।

फाल्गुन २१, २०८२

कमल पन्थी, रामप्रसाद चौहान 

55 percent voter turnout in Bardiya

बर्दिया — जिल्लाका दुवै क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा बिहीबार सम्पन्न मतदानमा करिब ५५ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान जिल्लाभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो। 

मुख्य निर्वाचन कार्यालय बर्दियाका मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले जिल्लाका दुवै क्षेत्रमा ५५ प्रतिशत बढी मतदान भएको बताए । दुवै क्षेत्रमा मतपेटिका पुगेपछि सर्वदलीय बैठक राखेर मतगणना गरिने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जनाए । मतगणना क्षेत्र नम्बर १ को जिल्ला समन्वय समितिको सभाहल र क्षेत्र नम्बर २ को राजापुरस्थित भन्सार कार्यालयमा हुने छ । 

बर्दिया १ मा ७५ मतदानस्थल र १ सय ९९ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नायब सुब्बा अनुप ढकालले बताए । क्षेत्र नम्बर २ मा १ सय ८८ मतदान स्थल र ७९ मतदानस्थल रहेको छ ।
बर्दियामा ३ लाख २३ हजार २ सय ६६ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा १ लाख ६८ हजार ४ र क्षेत्र नम्बर २ मा १ लाख ५५ हजार २ सय ३२ मतदाता छन् । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully