मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार रूपन्देहीका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको छ ।
बुटवल — पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा दिउँसो ३ बजेसम्ममा ५० प्रतिशतभन्दा बढी मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार रूपन्देहीका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको छ । सबैभन्दा बढी रूपन्देहीको निर्वाचन क्षेत्र नं ४ मा ५७ प्रतिशत मत खसेको छ । त्यस्तै क्षेत्र नं ३ मा ५५ प्रतिशत, १ मा ४५ प्रतिशत, २ मा ४७ प्रतिशत र ५ मा ४५ प्रतिशत मत खसेको उनले बताए ।
‘कुनै कुनै केन्द्रमा ६० प्रतिशत मत पनि खसेको छ,’ उनले भने, ‘समग्रमा जिल्लाभरिमा ५० प्रतिशतभन्दा बढी मत खसेको छ ।’ जिल्लाभरिमा ६५ प्रतिशत मत खस्ने अनुमान गरिएको उनले बताए ।
