उपचारका लागि टास्क फोर्ससमेत निर्माण गरिएको छ ।
दाङ — राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले प्रतिनिधिसभा निर्वाचन अवधिभर इमर्जेन्सी सेवा पदाधिकारीहरूको प्रत्यक्ष निगरानीमा सञ्चालन गर्ने भएको छ ।
अस्पतालका निमित्त निर्देशक डा. जनार्दन पन्थीको नियमित अवलोकन र निर्देशनमा इमर्जेन्सी सेवा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. श्याम लम्सालले बताए । उपचारका लागि टास्क फोर्स निर्माण गरेको र त्यसको नेतृत्व सहनिर्देशक डा. सुरेश रसाइलीले गर्नेछन् ।
निर्वाचन संवेदनशीलतालाई लक्षित गरी नर्सिङ र स्वास्थ्यकर्मी संख्या थप गरिएको लम्सालले बताए । यसैगरी विशेषज्ञ चिकित्सक र एम्बुलेन्स सेवा २४ घण्टा उपलब्ध हुने व्यवस्था गरिएको छ ।
