बैंकिङ कसुरमा रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार पक्राउ

सिद्धार्थनगर–७, जनकपथका बासिन्दा यादव यसअघि विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका थिए । यसपाली स्वतन्त्र उम्मेदवार बनेर प्रचारप्रसारमा थिए ।

फाल्गुन २०, २०८२

दीपेन्द्र बडुवाल

Independent candidate from Rupandehi-3 arrested for banking offense

भैरहवा — बैंकिङ कसुर आरोपमा रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बुधबार साँझ पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जिल्ला अदालतको आदेश बमोजिम यादवलाई सिद्धार्थनगर–६, गल्लामण्डीबाट पक्राउ गरिएको जनाए । 

चन्दका अनुसार २०८१ फागुन २५ मा गरेको फैसला अनुसार ३० लाख सावाँ र बिगो बमोजिमको जरिवाना ठहर गरिएकाले बिगो वापतको कैद र जरिवाना प्रयोजनार्थ प्रतिवादीलाई अदालत उपस्थित गराईदिन आदेश भए बमोजिम उनलाई पक्राउ गरिएको हो । सिद्धार्थनगर–७, जनकपथका बासिन्दा यादव यसअघि विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका थिए । यसपाली स्वतन्त्र उम्मेदवार बनेर प्रचारप्रसारमा थिए । 

दीपेन्द्र

Link copied successfully