पाल्पा-१ का एमाले उम्मेदवार आचार्यलाई पितृशोक

नारायणप्रसाद आचार्यका पिता दिल्लीप्रसाद आचार्यको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

फाल्गुन १७, २०८२

माधव अर्याल

UML candidate Acharya of Palpa-1 mourns his father's death

पाल्पा — पाल्पा क्षेत्र नम्बर १ का नेकपा एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणप्रसाद आचार्यलाई पितृशोक परेको छ । आचार्यका पिता दिल्लीप्रसाद आचार्यको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

स्वर्गीय आचार्यको जन्म १९९० कात्तिक २६ भएको थियो । स्वर्गीय आचार्यका चार छोरा र ३ छोरी छन् । स्वर्गीय आचार्यको अन्तिम संस्कार कालीगण्डकी नदीस्थित रामनदीधाममा गरिने पारिवारिक स्रोतले जनाएको छ । 

उम्मेदवार आचार्य आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त रहेकै समयमा पिता आचार्य निधन भएको हो । उम्मेदवार आचार्य पाल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully