शुक्रबार बसेको बैठकले फागुन १५ गतेबाटै निर्वाचनको अन्तिम मत परिणाम घोषणा नभएसम्म मदिरा बिक्री वितरण, ओसारप्रसार र सेवन गर्न निषेध गरेको सहायक प्रजिअ भविश्वर घिमिरेले बताए ।
कपिलवस्तु — फागुन २१ मा हुने निर्वाचनलाई व्यवस्थित, मर्यादित र निष्पक्ष रुपमा सम्पन्न गर्न जिल्लामा ७ दिनअघिबाटै मदिरा बिक्री वितरण बन्द गरिएको छ ।
शुक्रबार सदरमुकाम तौलिहवामा बसेको उद्योगी, व्यवसायी र सरोकारवालासहितको बैठकले फागुन १५ गतेबाटै निर्वाचनको अन्तिम मत परिणाम घोषणा नभएसम्म मदिरा बिक्री वितरण, ओसारप्रसार र सेवन गर्न निषेध गरेको सहायक प्रजिअ भविश्वर घिमिरेले बताए ।
निर्णय विपरीत काम गर्नेलाई कानुन अनुसार कारबाही गर्ने उनले बताए ।
