चितुवाको आक्रमणबाट साउनयता आठ जनाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।
बर्दिया —
मानिसको ज्यान लिएको समस्याग्रस्त भाले चितुवा मृत अवस्थामा बिहीबार फेला परेको छ ।
डिभिजन वन कार्यालय, बर्दियाका वरिष्ठ वन अधिकृत राम गोपाल चौधरीले बारबर्दिया नगरपालिका–१० स्थित पेरहवा सामुदायिक वनमा चितुवा मृत अवस्थामा फेला परेको बताए ।
चितुवा नियन्त्रणमा लिन डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषले खोर थापेाक थिए । चितुवाको कसरी मृत्यु भयो यकिन हुन सकेको छैन ।
चितुवाको आक्रमणबाट साउनयता आठ जनाको ज्यान गएको डिभिजन वन कार्यालय, बर्दियाले जनाएको छ । कार्यालयका अनुसार सोही अवधिमा बारबर्दियामा मात्रै ६ जनाको चितुवाको आक्रमणमा ज्यान गएको छ । एक दर्जनभन्दा बढी घाइते भएका छन् । चालु आवमा हात्ती र बाघबाट दुई जनाको ज्यान गएको छ ।
