एमाले र मालेबीच मंगलबार घोराहीमा भएको लिखित सम्झौतामा यसपटकको निर्वाचनमा जिल्लाका सबै निर्वाचन क्षेत्रमा मालेले एमालेलाई सघाउने सहमति भएको हो ।
दाङ — नेकपा मालेले दाङका तीनवटै निर्वाचन क्षेत्रमा एमालेलाई सहयोग गर्ने भएको छ ।
एमाले र मालेबीच मंगलबार घोराहीमा भएको लिखित सम्झौतामा यसपटकको निर्वाचनमा जिल्लाका सबै निर्वाचन क्षेत्रमा मालेले एमालेलाई सघाउने सहमति भएको हो ।
आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा दुई पार्टीबीच सहकार्यका लागि अधिकतम प्रयास गर्ने सहमति भएको छ । सहमतिपत्रमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुकुमबहादुर बस्नेत, जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकी तथा मालेका पोलिब्युरो सदस्य महेन्द्र शाह र जिल्ला सचिव नेत्रप्रकाश पाण्डेयले हस्ताक्षर गरेका छन् ।
एमालेबाट दाङ–१ मा केन्द्रीय लेखा आयोगका सदस्य रेवतीरमण शर्मा, दाङ–२ मा महासचिव शंकर पोख्रेल र दाङ–३ मा केन्द्रीय सदस्य घनश्याम पाण्डे उम्मेदवार छन् । दाङमा मालेले कुनै पनि क्षेत्रमा उम्मेदवारी दिएको थिएन ।