अर्घाखाँचीका उम्मेदवार कपिलवस्तुमा मत माग्दै

एमाले उम्मेदवार पीताम्बर भुसाल र कांग्रेस उम्मेदवार विष्णुप्रसाद खनाल कपिलवस्तुमा रहेका अर्घाखाँचीका मतदातासँग मत माग्न यहाँ आइपुगेका हुन् ।

फाल्गुन १२, २०८२

मनोज पौडेल

Arghakhanchi candidate seeking votes in Kapilvastu

कपिलवस्तु — छिमेकी अर्घाखाँची जिल्लाका उम्मेदवार मत माग्दै कपिलवस्तु आइपुगेका छन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लाको वाणगंगा नगरपालिकास्थित जितपुरमा मंगलबार कार्यक्रम गरेर नेकपा एमालेका उम्मेदवार पीताम्बर भुसालले मत मागेका हुन् । 

कुलापानी समितिको सभा हलमा कार्यक्रम गरी उनले आफ्ना नीति, योजना र कार्यक्रम सुनाएका थिए । अर्घाखाँचीमा मतदाता भई कपिलवस्तुको वाणगंगा नगरपालिकामा बसोबास गर्दै आएका व्यक्तिलाई लक्षित गरी कार्यक्रम आयोजना गरेर मत मागेको उनले बताए ।

केही दिनअघि उनले जिल्लाको शिवराज नगरपालिकाको चन्द्रौटामा कार्यक्रम गरी मतदातासँग मत मागेका थिए । त्यस्तै अर्घाखाँचीमा कांग्रेसबाट उम्मेदवार बनेका विष्णुप्रसाद खनालले वाणगंगा नगरपालिकाको जितपुरमा कार्यक्रम गरेर मत मागी फर्किसकेका छन् । 

कपिलवस्तुको वाणगंगा, बुद्धभूमि र शिवराज नगरपालिकामा अर्घाखाँचीका मतदाताको बसोबास भएकाले यहाँ मत माग्न आएको उम्मेदवारहरूले बताए । अर्घाखाँचीमा एक मात्र निर्वाचन क्षेत्र रहेको छ ।

मनोज पौडेल

Link copied successfully