कपिलवस्तुका ६४ उम्मेदवारले लिए बैंक खाता संचालनका लागि सिफारिस

तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा प्रतिनिधि सभा सदस्यका लागि ९८ जना उम्मेदवार छन् ।

फाल्गुन १२, २०८२

मनोज पौडेल

64 candidates from Kapilvastu get recommendations for bank account operation

कपिलवस्तु — जिल्लामा प्रतिनिधिसभा सदस्यका ६४ उम्मेदवारले बैंक खाता खोल्न सिफारिस लिएका छन् । कपिलवस्तुमा ९८ जना उम्मेदवार रहेकामा अझै ३४ जनाले सिफारिस लिन बाँकी रहेको जिल्ला निर्वाचन अधिकारी कमल भुसालले बताए । 

जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा उम्मेदवारको बैंक खाता संचालन हुने व्यवस्था गरिएको छ । निर्वाचन खर्च पारदर्शी र व्यवस्थित बनाउन सरकारले बैंक खातामार्फत आर्थिक कारोबार गर्न कार्यविधि बनाएको छ । सिफारिस लिएका मध्ये ५ जनाले मात्र जिल्ला निर्वाचन कार्यालयलाई बैंक खाता नम्बर उपलब्ध गराएका छन् । 

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचारप्रसार, बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ जारी गरेको छ । उक्त कार्यविधिअनुसार प्रत्येक राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचार खर्चका लागि आवश्यक रकम अनिवार्य रूपमा बैंक खातामार्फत जम्मा र खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । 

तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा ३ लाख ९६ हजार २ सय ६५ मतदाता रहेका छन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully