दाङमा गाडी दुर्घटना हुँदा नौ जना घाइते

लमहीबाट घोराहीतर्फ जाँदै गरेको लु २ ख ३२७७ नम्बरको बस पल्टिँदा ६ पुरुष र ३ महिला घाइते भएका हुन् ।

फाल्गुन ११, २०८२

दुर्गालाल केसी

Nine injured in vehicle accident in Dang

दाङ — घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३, चिसापानीमा सोमबार बस दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् ।

लमहीबाट घोराहीतर्फ जाँदै गरेको लु २ ख ३२७७ नम्बरको बस पल्टिँदा ६ पुरुष र ३ महिला घाइते भएका हुन् । घाइतेमध्ये ७ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र दुई जनाको लमहीमा उपचार भैरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रेशम बोहराले जानकारी दिए ।

बस चालक राप्ती गाउँपालिका–५, सिसहनीयाका ३५ वर्षीय केशरबहादुर पुनलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको उनले बताए । बस सडकमै पल्टिएका कारण हाल एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको बोहराले जानकारी दिए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully