राष्ट्रिय स्वतन्त्र पार्टी पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाका उपसभापति गुप्तसेन ठकुरीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
परासी — राष्ट्रिय स्वतन्त्र पार्टी पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाका उपसभापति गुप्तसेन ठकुरीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
शनिबार विज्ञप्ति जारी गर्दै ठकुरीले पार्टीको भनाइ र गराइमा फरक भएको र पारदर्शिता नदेखिएकाले आफूखुसी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । ठकुरी रास्वपाको स्थापनाकालदेखि नै पार्टीमा सक्रिय थिए ।
पार्टी जिल्ला सभापतिलाई सम्बोधन गरेर लेखिएको पत्रमा आफूले पार्टीको पद र साधारण सदस्यसमेत त्यागेको उल्लेख छ ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–१३ का सभापति जितबहादुर हरिजन पुन रास्वपामा नै फर्किएका छन् । शुक्रबार पार्टी छोडेको बताएका हरिजनले एक भिडियो सन्देशमार्फत आफूमा केही असन्तुष्टि भएको र सो सम्बन्धमा पार्टीभित्र छलफल गरेपछि पार्टीको काम र जिम्मेवारीमा पुन: फर्किएको बताएका छ्न् ।
