कर्तव्य ज्यान मुद्दाका अभियुक्त १३ वर्षपछि पक्राउ

जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैदसजाय फैसला गरेपछि लुकछिपी बस्दै आएका बुद्धभुमि नगरपालिका–५ मोहम्मदनगरका इरफान भनिने क्यामुद्दिन मुसलमान पक्राउ परेका हुन् ।

फाल्गुन ७, २०८२

मनोज पौडेल

Manslaughter case accused arrested after 13 years

कपिलवस्तु — कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैदसजाय फैसला गरेपछि लुकछिपी बस्दै आएका बुद्धभुमि नगरपालिका–५ मोहम्मदनगरका इरफान भनिने क्यामुद्दिन मुसलमान पक्राउ परेका हुन् । 

उनलाई जिल्ला प्रहरी कार्यालय र ईप्रका पकडीको संयुक्त टोलीले मायादेवी गाउँपालिका–१ बर्रोहियाबाट बुधबार पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए ।

०६९ फागुन ११ गते मनउल्ला मुसलमानको जाहेरीले कर्तव्य ज्यान मुद्दामा सोही चैत १६ गते जिल्ला अदालतले जन्मकैद सजाय तोकेको थियो । 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully