दाङ–२ का प्रलोपा उम्मेदवार नेकपामा प्रवेश

बुधबार बिहान घोराहीमा पत्रकार सम्मेलन गर्दै अधिकारीले नेकपामा प्रवेश गरेको जानकारी दिएका हुन् ।

फाल्गुन ६, २०८२

दुर्गालाल केसी

Pralopa candidate from Dang-2 joins NCP

दाङ — प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नं. २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवार बनेका प्रतिक अधिकारी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

बुधबार बिहान घोराहीमा पत्रकार सम्मेलन गर्दै अधिकारीले नेकपामा प्रवेश गरेको जानकारी दिएका हुन् । प्रलोपाले मंगलबार अधिकारीको उम्मेदवारी निष्क्रिय गर्दै एमाले उम्मेदवार शंकर पोखरेललाई सघाउने निर्णय गरेको थियो । 

उक्त निर्णयपछि अधिकारी नेकपामा प्रवेश गरेका हुन् । अधिकारीलाई दाङ–२ का नेकपा उम्मेदवार निर्मल आचार्य र समानुपातिक उम्मेदवार भिम कुमारी बुढाले स्वागत गरेका थिए ।

प्रलोपाले भने प्रलोपा र एमालेबीच भएको सम्झौता अनुसार दाङमा एमाले उम्मेदवारलाई सघाउने गरी उम्मेदवारी निष्क्रिय गरेको जानकारी दिएको छ ।

कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लामा एक अर्काले सघाउने सहमति भए अनुसार दाङका तीन वटै क्षेत्रमा प्रलोपाका प्रत्यक्ष उम्मेदवार नरहेको प्रलोपाका जिल्ला संयोजक घनश्याम डाँगीले बताए । पार्टीले दाङका सबै क्षेत्रमा एमाले उम्मेदवारलाई मतदान गर्ने निर्णय भएको उनले बताए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully