उम्मेदवारमाथि कुटपिट गरेको आरोपमा एक जना  पक्राउ 

बुधबार नेकपा माओवादीका उम्मेदवार राजु हरिजन र कार्यकर्तामाथि कुटपिट भएको थियो

फाल्गुन ६, २०८२

नवीन पौडेल

One arrested on charges of assaulting candidate

परासी — पश्चिम नवलपरासीमा चुनाव प्रचारप्रसार कार्यक्रममा उम्मेदवारलाई कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बर्दघाट नगरपालिका वडा नम्बर-१२ स्थित जमुनिया क्षेत्रमा घर दैलो गर्दै गरेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी) क्षेत्र नम्बर १ का उम्मेदवार राजु हरिजन र उनका कार्यकर्तामाथि कुटपिट भएको थियो ।  जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी वीरदत्त पन्तका अनुसार तीन जना युवा आएर होहल्ला गर्दै उम्मेदवारमाथि हातपात गरेका थिए ।

कुटपिट गरेको आरोपमा बर्दघाट नगरपालिका वडा नम्बर १३ का २१ वर्षीय अजय गौतमलाई पक्राउ परेका हुन् । सोही घटनामा दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गौतम लाई  अभद्र व्यवहार तथा कुटपिट गरेको आरोपमा अनुसन्धान अगाडि बढाइएको छ । 

रास्वपाको क्षेत्रमा आएर किन भोट मागेको भन्दै कुटपिट गरिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले जनाएको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully