नेपाली कम्युनिस्ट पार्टीका नेता भक्तबहादुर वली २०७४ सालमा तत्कालीन माओवादी केन्द्रका तर्फबाट बंगलाचुली गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।
दाङ — बंगलाचुली गाउँपालिकाका पूर्वअध्यक्ष भक्तबहादुर वली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । बुधबार दाङ–२ का रास्वपा उम्मेदवार विपिनकुमार आचार्यले वलीलाई पार्टीमा स्वागत गरेका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीका नेता वली २०७४ मा तत्कालीन माओवादी केन्द्रका तर्फबाट बंगलाचुली गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा उनले प्रदेश या प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन खोजेका थिए । त्यतिबेला पार्टीले रोकेको थियो । यस निर्वाचनमा पनि उनले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन खोजेका थिए । यसपटक पनि अन्तिममा पार्टीले रोकेको थियो । अन्ततः उनी रास्वपामा प्रवेश गरेका छन् ।
वली २०५४ को स्थानीय निकाय निर्वाचनमा एमालेबाट तत्कालीन काभ्रे गाविस अध्यक्ष निर्वाचित भएका थिए । पछि माओवादीमा प्रवेश गरी २०७४ मा गाउँपालिका अध्यक्ष भएका थिए ।
