मानखोला नजिक शंकास्पद वस्तु फेला

प्लास्टिकले छोपेर राखेको उक्त शंकासपद वस्तुलाई सेनाले हटाएको छ ।

फाल्गुन ५, २०८२

कमल पन्थी

Suspicious object found near Mankhola

बर्दिया — पूर्व पश्चिम महेन्द्र राजमार्गको मानखोला नजिक प्रेस कुकुर बमजस्तो देखिने शंकास्पद वस्तु मंगलबार बिहान फेला परेको छ ।

बासगढी नगरपालिका–३ स्थित खोला नजिक प्लास्टिकले छोपेर राखेको उक्त शंकासपद वस्तु फेला परेको प्रहरी जनाएको छ ।

बिहान करिब साढे ६ बजे फेला परेको शंकास्पद वस्तुलाई सेनाले हटाएर खेतमा फालेको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए । बम नभई प्रेसर कुकर मात्रै रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए ।

यसैगरी, गुलरिया नपा–१ स्थित हुलाकी सडक खण्डमा यातायात अवरोध गर्न राखिएको डोरी र कपडा प्रहरीले हटाएको छ ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully