पुरानै मुद्दा दोहोर्‍याएर भोट मागिरहेको दुखेसो

आफ्नै देशमा मल नपाएका बेला भारतबाट ल्याउंदा सुरक्षाकर्मीले पक्राउ गरेर दुख दिने गरेको गुलरिया–१०, कि कृष्णावती गोडियाले दुखेसो पोखिन् ।

फाल्गुन ५, २०८२

कमल पन्थी

It's sad that people are asking for votes by repeating the same old issues.

What you should know

बर्दिया — भारतसित सिमाना जोडिएको गुलरिया–१०, रत्नापुरका बासिन्दा तोरी स्याहर्न व्यस्त छन् । चुनाव नजिकिए पनि घरायसी कामले यहांका बासिन्दालाई राजनीतिक कार्यक्रममा सहभागी हुने फुर्सद मिलेको छैन् । 

तर, उनीहरु मौन भने छैनन । फुर्सदको समय यसपटक कसलाई मतदान गर्दा आफ्ना समस्या समाधान हुन्छन् भनेर छलफल गरिरहेका भेटिन्छन् । खेतीपाती र मजदुरी उनीहरुको मुख्य काम हो । सिमावर्ती गाउंमा थारु, मधेशी, मुश्लिम र केही घर पहाडी समुदायको बसोबास रहेको छ । 

यहााका सर्वसाधरणको आर्थिक अवस्था सुधार हुन सकेको छैन । त्यसैले चुनाव भन्दा जीविकोपार्जनको उनीहरुलाई बढी चिन्ता छ । वर्षौदेखि दलले आश्वासन बांडेपनि अहिलेसम्म उनीहरुलाई स्वरोजगार तुल्याउन सकेका छैनन । घरैदैलोमा आउने उम्मेदवारसित बाढी नियन्त्रण, भत्किएको पुल निर्माण, वन्यजन्तु रोकथाम, किसानका समस्या हल गरिनुपर्ने माग राखिरहेका छन् ।

स्थानीय रामसेवक लोध नेताले समस्या समाधान गरिदिने आश्वासन मात्र बांड्ने गरेको सुनाउछन् । भोट माग्ने बेला माग पूरा गरिदिने भनेर फकाएपनि चुनवापछि कोही पनि फर्किएर नआउने उनले सुनाए ।  ‘किसानका समस्या, बाढी नियन्त्रण, रोजगारी लगायत समस्या छन्,’ उनले भने, ‘उम्मेदवारका आश्वासन भोट हाल्ने दिनसम्मका लागि हुन् भन्ने बुझेका छौं ।’ 

बस्तीमा शिक्षा, स्वास्थ्य, रोजगारी र विकासको अभाव छ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिादैं जांदा उम्मेदवारले मतदाता भेटघाटलाई तिब्रता दिएका छन् । उम्मेदवारले पुरानै मुद्दा दोहोरार्‍याएर भोट मागिरहेको स्थानीयले बताए ।  

नयां–पुराना उम्मदेवारले ल्याएका चुनावी मुद्दा पूरा हुनेमा पटक्कै विश्वास नलाग्ने स्थानीय माधुरी अहिरले बताइन् । ‘सबै काम पूरा गर्छौ भन्छन्,’उनले भनिन, ‘माग कहिल्यैं पूरा नगरिादा विश्वास हट्दैं गएको छ ।’ किसानका लागि सिचाइा र मलखाद समस्या रहेको गुलरिया–९, का मनोज तेलीले बताए ।

आफ्नै देशमा मल नपाएका बेला भारतबाट ल्याउंदा सुरक्षाकर्मीले पक्राउ गरेर दुख दिने गरेको गुलरिया–१०, कि कृष्णावती गोडियाले दुखेसो पोखिन् । ‘जनताका समस्याप्रति कोही नेतापनि उत्तरदायी देखिएका छैनन,’उनले भनिन,‘ भोट माग्ने बेला सम्भव नहुने कामपनि गर्छु भन्छन् ।’ 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully