लुम्बिनी बौद्ध र जापानको कोयासान विश्वविद्यालय बीच समझदारी

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्य र कोयासान विश्वविद्यालयका पूर्व उपाध्यक्ष प्रोफेसर योसिडा अकेसीले सम्झौंता पत्रमा हस्ताक्षर गरेका हुन् ।

फाल्गुन ४, २०८२

मनोज पौडेल

Memorandum of Understanding between Lumbini Buddhist and Koyasan University of Japan

What you should know

लुम्बिनी — लुम्बिनी बौद्ध विश्वविद्यालय र जापानको कोयासान विश्वविद्यालय बीच अध्यय्न र अनुसन्धानमा आपसी सहयोग र सहकार्यकालागि सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्य र कोयासान विश्वविद्यालयका पूर्व उपाध्यक्ष प्रोफेसर योसिडा अकेसीले सम्झौंता पत्रमा हस्ताक्षर गरेका हुन् । लुम्बिनी विकास कोष र जापानको कोया टाउन नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको १० वर्ष पूरा भएको अवसरमा  वाकायामा प्रदेशका गर्भनर मियाजाकी ईमुजीको नेतृत्वमा १८ सदस्यीय उच्चस्तरीय प्रतिनिधि मण्डल लुम्बिनी भ्रमणमा आएको मौंकामा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

छोटो समय अध्ययन र अनुसन्धान गर्न विद्यार्थी पठाउने, विश्वविद्यालयका विभिन्न शंकायका सदस्य, अनुसन्धानकर्मी र प्रशासकको अनुभव आदानप्रदान र दुबै विश्वविद्यालयले सामुहिक अनुसन्धान र एकेडेमिक प्रकाशनहरु गर्ने सहमति भएको हो । त्यस्तै एकेडेमिक सूचना र शैक्षिक सामग्री आदानप्रदान गर्ने तथा संयुक्त रुपमा कार्यशाला गोष्ठी, सम्मेलन, सिम्फोजियम र लेक्चरमा सहकार्य गर्ने सहमति भएको हो । 

दुबै मुलुकका विश्वविद्यालयसित नजिक भएर काम गर्ने अवसर पाउँदा खुसी लागेको कोयासान विश्वविद्यालयका पूर्व उपाध्यक्ष प्रोफेसर अकेसीले बताए । यसले लुम्बिनी बौद्ध विश्वविद्यालयको शैक्षिक गतिविधि र कार्यक्रम जापानसम्म पुग्दा विश्वव्यापी प्रचार हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति बज्राचार्यले बताए ।

जापानको कोया टाउन र लुम्बिनी दुबै विश्व सम्पदास्थल हुन् । जापानको वाकायामा प्रदेश अन्तर्गत ईटो जिल्लाको कोयो पर्वतको टुप्पोमा रहेको कोया सहर जापानी बौद्ध धर्मको केन्द्रका रुपमा स्थापित छ । 

मनोज पौडेल

Link copied successfully