फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय पाल्पाले मतदानस्थलमा प्रयोग हुने मतपेटिका सरसफाइ गरेर व्यवस्थित बनाइएको हो ।
What you should know
पाल्पा — फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय पाल्पाले मतदानस्थलमा प्रयोग हुने मतपेटिका सरसफाइ गरेर व्यवस्थित बनाउने काम धमाधम भइरहेको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय पाल्पाले मतदानस्थलमा प्रयोग हुने मतपेटिका सरसफाइ गरेर व्यवस्थित बनाइएको हो ।
निर्वाचन कार्यालयका कर्मचारीले यसअघिका निर्वाचनमा प्रयोग भएका मतपेटिकामा लगाइएका सिल हटाउने, सफाइ गरेर प्रयोग योग्य बनाएका हुन् । पाल्पाका १ सय १८ मतदानस्थलका २ सय ५१ मतदान केन्द्रका लागि ५ सय २ थान मतपेटिका तयारी अवस्थामा राखिएको निर्वाचन कार्यालयले जनाएको छ ।
एउटा मतदान केन्द्रमा प्रत्यक्ष र समानुपातिक मतपत्रका लागि दुई वटा मत पेटिकाका दरले पठाइनेछ । १ हजार मतदाता भएका क्षेत्र थप एक पेटिका पठाइने छ । जगेडाका लागि झण्डै १ सय मतपेटिका रािखएको छ । अस्थायी मतदान केन्द्रका लागि फागुन ५ गते अन्तिम नामावली प्रकाशन हुनेछ । यसअघिका निर्वाचनमा कारागार र एक टुँडिखेलमा रहेको थियो ।
दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा २ लाख ७ हजार ४३६ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा ९८ हजार ३ सय ८३ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा ५२ मतदानस्थल र ११७ मतदान केन्द्र रहेका छन् ।
क्षेत्र नम्बर २ मा १ लाख ९ हजार ५३ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए । उनका अनुसार क्षेत्र नम्बर २ मा ६६ मतदानस्थल र १३४ मतदान केन्द्र रहेका छन् ।
