काठमाडौंबाट फरार कैदी पाल्पामा पक्राउ

गत भदौ २४ गतेको प्रदर्शनका क्रममा कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंबाट भागेका एक जना कैदीबन्दी पाल्पामा पक्राउ परेका हुन् ।

माघ २५, २०८२

माधव अर्याल

Prisoner who escaped from Kathmandu arrested in Palpa

पाल्पा — गत भदौ २४ गतेको प्रदर्शनका क्रममा कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंबाट भागेका एक जना कैदीबन्दी पाल्पामा पक्राउ परेका छन् ।

ठगी मुद्दाका कैदीबन्दी रैनादेवी छहरा गाँउपालिका–२, सोमादी सर्देवाका ३१ वर्षीय कृष्ण दर्जीलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीको निरन्तर निगरानी तथा गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले जिल्ला पाल्पाकै तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा मन्दिर नजिकै फेला पारेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए ।

दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार कार्यालय पाल्पामा पठाएको छ ।

पाल्पामा यसअघि पनि जेन–जी आन्दोलनका क्रममा नवलपरासी, कास्की, काठमाडौंलगायत विभिन्न स्थानबाट फरार रहेका विभिन्न मुद्दामा थुनामा रहेर भागेका कैदीबन्दी पक्राउ परेका छन् । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully