ब्राउन सुगरसहित पक्राउ

इलाका प्रहरी कार्यालय, मैनापोखरबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका–२ रानीपुरस्थित सीमा नाकाबाट भारतबाट आउँदै गरेका पैदलयात्रीलाई जाच गर्दा उक्त पदार्थ फेला परेपछि पक्राउ गरेको जनाएको छ ।

माघ २५, २०८२

कमल पन्थी

Arrested with brown sugar

बर्दिया — प्रहरीले ब्राउन सुगरसहित युवालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय, मैनापोखरबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका–२ रानीपुरस्थित सीमा नाकाबाट भारतबाट आउँदै गरेका पैदलयात्रीलाई जाच गर्दा उक्त पदार्थ फेला परेपछि पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी देवेन्द्रबहादुर मल्लले पक्राउ पर्नेमा बासगढी नगरपालिका–४ मटेरियाका २७ वर्षीय कालीराम थारुलाई शंका लागि जाच गर्दा ३ सय ४० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने खैरो रंगको गिलो पदार्थ फेला परेको जनाए । 

कालीराम थारुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय, मैनापोखरमा राखि अनुसन्धान भइरहेको डीएसपी मल्लले बताए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully